जुम्लामा जीप दुर्घटना हुँदा चालक र सहचालककाे ज्यान गयाे

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Jumla__Jeep_accident_Photo_netra_vpJ2qaoiNJ
फाइल तस्विर

जुम्ला – जुम्लाकाे नाग्म-गमगडी राजमार्ग अन्तर्गत कनकासुन्दरी-४ ठगुनेरामा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।

जुम्लाकाे गुठीज्युलाबाट मुगुका लागि छुटेकाे भे १ ज १०९९ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा चालक र सहचालककाे ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेहरुकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयाे ।

दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे उहाँले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित