
जस्मिन पेन्ट्सले ‘रंगिन पल खुशी डबल’ उपहार योजना सार्वजनिक गरेको छ।
चाडपर्वलाई ध्यानमा राखेर यही १ भदौदेखि लागु हुने गरी उपहार योजना प्रस्तुत गरिएको जस्मिन पेन्ट्सले जनाएको छ।
जस्मिन पेन्ट्सले आफ्नो व्यावसायिक वृद्धिका लागि हरेक वर्ष ग्राहक केन्द्रित योजनाहरू सार्वजनिक गर्दै आएको छ। विगतका वर्षहरूदेखि नै सञ्चालन गर्दै आएको उपहार योजनालाई यस वर्ष पनि निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ।
यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँको भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्नेछन्।
विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिने छ। जस अन्तर्गत ४ सय जना ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।




















Discussion about this post