चितवनको जलवीरे झरनाबाट २८ लाख राजस्व सङ्कलन

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
lamo jharna
फाइल तस्विर

काठमाडौं । चितवनको जलविरे झरनाबाट गत आर्थिक वर्षमा २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा रहेको झरनाबाट गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

झरना हेर्न आउने पर्यटकका लागि ५० रुपैयाँ र स्थानीय तथा विद्यार्थीका लागि २० रुपैयाँ शुल्क लिने गरेको गाउँपालिकाले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेमा झरनाका साथै क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न आन्तरिक तथा बाह्य पर्यटक समेत आउने गरेका छन् ।

दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक आउने गरेको जलविरे झरना पर्यटन विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित