सुदूरपश्चिममा गौरापर्वको चहलपहल सुरू

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
gaura-parva-in-nepal
फाइल तस्विर

डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरामा गौरापर्वको चहलपहल सुरू भएको छ ।

सुदूरपश्चिममा विशेष गरि महिलाले गौरापर्वमा भगवान शिवलाई महेश्वर र माता पार्वतीलाई गौराको रुपमा पूजा गरि भाद्र शुक्ल पंचमीदेखि एक सातासम्म मनाइने भएकाले उनीहरु गौरापूजन सामग्री किनमेल गर्न बजारमा व्यस्त देखिएका हुन् ।

बैदिककालमा हैहयवंशीका शुरवीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आरधनाको प्रभाबले भएको भन्ने जनश्रुति छ ।

जस अनुसार यस पर्वमा महिलाले शुद्ध खानपान, चोखो नयाँ लुगा लगाएर पंचमीका दिन विधिवत रुपमा राखिएको पांच दालहन अन्नको बिरुडा धुने, सप्तमीका दिन पांच पवित्र घांसको गौरालाई गौरामाताको प्रतिकको रुपमा उपवासका साथ नियमित पूजा गर्ने चलन छ ।

व्रतबाट सु–स्वास्थ्य, सौभाग्य र समृद्धि प्राप्त हने विश्वास रहेको पाइन्छ भने वर्षभरिको व्यस्तताबाट थकाई मार्ने र आफन्त भेटघाटको पर्वको रुपमा पनि मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित