रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १५ जना घाइते

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
accdent
फाइल तस्विर

काठमाडौं । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने १४ जना घाइते छन् ।

मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरीले कार्यालय रोल्पाले जनाएको छ ।

स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी रहेको छ ।

घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन भने बाँकी नै छ । उत्तरी रोल्पाको परिवर्तन गाउँपालिकाको बागमाराबाट बिहान दाङतर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिचीमा दुर्घटनाग्रस्त भएको हो ।

चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित