तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गयो

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
mirtu
फाइल तस्विर

काठमाण्डाै – सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ ।

स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो ।

हिजो दिउँसो घरबाट निस्केका उनीहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति  घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् ।

नागेन्द्रको दुई जना मात्र सन्तान थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित