बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको ज्यान गयो

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Concept of road accident scene, High angle view of chalk outlined dead body covered under white cloth laying on road
फाइल तस्विर

दाङ – दाङको तुलसीपुरबाट रोल्पाको दलसिङ्गेका लागि छुटेकाे यात्रुवाहक बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

करेन्ट लाग्दा रोल्पाको दलसिङ्गेका अन्दाजी ७० वर्षका कालुराम डाँगी र त्यही ठाउँका अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको ज्यान गएको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रतन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको उद्धार गरिएको छ ।

रा १ ख ८३४ नम्बरको बसमा सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो ।

बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । बसमा कतिजना थिए भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । उद्धारको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित