बिपी शान्ति नगरवन संरक्षणको काम सुरु

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
gf/fo0fLsf] emf]n'ªu] k'n
gf/fo0fu9 @) c;f/ M e/tk'/ dxfgu/kflnsf– # l:yt ljkL zflGt gu/ jg If]qdf hfgsf nflu gf/fo0fL gbLsf] eªufnf] dfly agfOPsf] emf]n'ªu] k'n . tl:a/M ;gb clwsf/L÷/f;;
फाइल तस्विर

चितवनको भरतपुर महानगरपालिका–३ स्थित बिपी शान्ति नगरवन संरक्षणको काम थालिएको छ । लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको सो नगरवनमा अहिले बिपीको सालिक राख्ने, टायल बिछ्याउने, पर्खाल निर्माणलगायतका काम भइरहेका छन् । महानगरपालिकाको रु ३५ लाखको लागतमा संरक्षणको काम भइरहेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो । विसं २०३५ मा नारायणी बगरको रूपमा रहेको सो क्षेत्रको एक सय १२ बिघा अहिले नगरवनमा परिणत गरिएको छ ।

बिपीको ढलोटको अर्धकदको मूर्ति फुटेसँगै सोही स्थानमा नयाँ सालिक राखिएको छ । वनभोजस्थल व्यवस्थापन, पालेघर व्यवस्थापनलगायत काम तीव्ररूपमा भइरहेका छन् । तत्कालीन समयमा नगरपञ्चायतले वृक्षरोपण गरेर स्थापना गरेको नगरवनलाई अहिले थप राम्रो बनाउने काम भइरहेको छ ।

नगर वन क्षेत्र पछिल्लो सयम पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएकाले यसलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा जोड्नका लागि संरक्षणका काम गरिएको उहाँले बताउनुभयो । अधिकारीका अनुसार वडा नं ३ ले रघुनाथ तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी यहाँको संरक्षण र संवर्द्धनका लागि काम गरिरहेको छ । तत्कालीन समयमा भरतपुर नगरपालिका–४ हुँदा विभिन्न समिति निर्माण गरी संरक्षणको काम गरिएको भए पनि पछिल्ला वर्षहरूमा संरक्षणको पर्खाइमा नगरवन क्षेत्र रहेको थियो ।

वन्यजन्तुको समेत बासस्थान रहेको उक्त क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने उहाँले बताउनुभयो । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन नगरवनले सहयोग गर्ने अधिकारीले बताउनुभयो । नगरवनको संरक्षणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि रु १८ लाख विनियोजन गरेको छ । स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा नगरवन संरक्षणको काममा अघि बढेको अधिकारीले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित