चितवनमा केरा र माछा आयातमा रोक लगाउन ओली संग रविको आग्रह

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
ec168a47-7ae4-4bbf-8c39-009af7b4c340
फाइल तस्विर

चितवन, असार- १५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केरा र माछा आयातमा रोक लगाउनु साथ मागेका छन् ।

हिजो भरतपुर विमानस्थलमा भएको भेटघाटमा रविले आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्न केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताउँदै अध्यक्ष ओलीको साथ खोजेका हुन् ।

‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ लामिछानेले ओलीलाई भने । जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काए । सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित