स्वास्थ्य बीमाको कमीकमजोरी हटाउँदै लगिने छ : स्वास्थ्यमन्त्री बस्नेत

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
sf7df8f}F, !! c;f/M
k|ltlglw;ef a}7sdf dGqL a:g]t
:jf:Yo tyf hg;ªVof dGqL df]xgaxfb'/ a:g]t ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf dGqfnocGtu{t ljlgof]hg ljw]os @)*) sf]  ljleGg zLif{sdflysf] 5nkmndf p7]sf k|Zgsf] hjfkm lbg'x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;
फाइल तस्विर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रष्टिकरण दिनु भएको हो ।

मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भइरहेको समेत बताउनुभयो ।

‘‘यो बीमाको सम्बन्धमा धेरै कुरा उठेको छ । यो प्राइभेट हस्पिटल, मेडिकल कलेजहरुले पनि यो सम्झौता अवधि सकिएकाहरुले सुरुमा रिनो नगरेको अवस्थाले पनि केही समस्या परेको छ । साढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भइसकेको छ । ७० लाख नागरिक विमामा आवद्ध छन । ४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘र, यो विमा बुझ्ने सम्बन्धमा अनलाइन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो । जनताका लागि यो धेरै ठूलो सेवा हो । तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाँही तयार भइरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।’’

मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित