काठमाण्डाै – भरतपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकाे छ । महानगरका उमप्रमुख चित्रसेन अधिकारीले आइतवार नगरसभाकाे बैठकमा आउँदाे आर्थिक वर्षका लागि छ अर्ब ३१ करोड ७९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभयाे ।
महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँट जनसहभागितालगायतका शीर्षकमा बजेट बढाएको छ । यस पटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले एक अर्ब करोड आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर अहिलेसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख रुपैयाँमात्रै राजस्व उठाउन सकेको छ । आउँदाे आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटसमेत राखिएको छ ।
भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ ।
भरतपुर महानगरपालिकालाई उन्नत बिउ उत्पादनको हबको रूपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि खाद्यान्न, बिउ उत्पादन गर्ने किसानलाई उत्पादन परिमाणको आधारमा अनुदान दिइने भएकाे छ ।




















Discussion about this post