विद्युतको व्यापार सुनिश्चित गर्नसके खबौंको वैदेशिक लगानी आउँछ : प्रधानमन्त्री दाहाल

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;
फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्न सहज हुने बताउनुभयो । उहाँले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताउनु भयो । उहाँले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको बताउनुभभयो । उहाँले पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको दाबी गर्नुभयो । उहाँले तुलानात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानूनी सहजिकरण गर्न, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा सहजता ल्याउने काम भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित