लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जना पक्राउ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
laagu-aausad
फाइल तस्विर

काठमाण्डाै –  नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाण्डौ उपत्यकामा लागुऔषधकाे अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएकाे प्रहरी टाेलीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जर्मनका नागरिक पाउल वेर्स्ट, चितवनका  महेश चौध्री, काठमाण्डाै चन्द्रागिरिका सुगम मैनाली, काठमाण्डाैकै मुखिया गुरुङ, मोरङका बच्चन भनिने राज गौतम, चेक रिपब्लिकका  मार्टिना सेर्ना,  इटालियन नागरिक डेभिडमिनाडिओ, धादिङ रुबीभ्यालीका दावा तामाङ र नरबहादुर तामाङ, झापाका सुमन लिम्बू, भारतकाे बिहारका हेमन्तकुमार भगत र सञ्जीव कुमार रहेका छन् । उनीहरुलाई खैराे हिराेइन, चरेस, कोडिन, कोकिन,  गाँजा लगायतका लागुऔषधकाे काराेबारमा संलग्न भएकाे आराेपमा पक्राउ गरिएकाे हाे ।

उनीहरुबाट बरामद भएकाे  लागुऔषधको अवैध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित