गोरखा दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जना एउटै गाउँका

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
accdent
फाइल तस्विर

काठमाडौं । गोरखामा जिप दुर्घटनामा परी एउटै गाउँका ५ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउने ४ जना पुरुष र १ महिला पाँचैजना एउटै गाउँका रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा गएराति दुर्घटना भएको हो । बेहुली लिएर सोही गाउँपालिका –५ ताक्लुङ फर्किदै गर्दा जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेको खटिएका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अन्य १२ जना घाइते भएका छन् । ती मध्ये ११ जनाको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनालाइ चितवन रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित