राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
ramchandra
फाइल तस्विर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनाएका छन् ।

मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित