माधब सापकोटा
चितवन – यसपालिको गर्मीले प्राय सबैलाई अत्ताएकोछ । चितवनमा मात्र नभई देशका अधिकासं स्थानमा गर्मीको प्रभाब उत्तिकै छ । गर्मी बढे सङ्गै सरकारी मात्र नभई गैर सरकारी क्षेत्रहरूमा हुने कार्य सम्पादनमा समेत प्रभाब देख्न सकिन्छ ।
चितवन लगाएत देशका अन्य जिल्लाहरुमा केहि दिन अघि देखि अत्याधिक गर्मिका कारण सरकारी तथा गैर सरकारी बिद्यालयहरु समेत बन्द गरिएकाछन् ।जेष्ठ महिनाको सुरुवात सङ्गै बिस्तारै उकालो लागेको गर्मीले बजारमा मानिसको चहलपहलमा पनि असर देखा पारेको छ ।
उच्च गर्मी सङ्गै यता भरपुर सरकारी अस्पतालमा भने दिनहु जसो बिरामीको चाप बढेको भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल प्रसाद पौडेलल बताउनुहुन्छ । दैनिक झण्डै एक हजार जनाले ओ पि डि अन्तर्गतका विभिन्न बिभागबाट स्वास्थ्य उपचार सेवा लिनेगरेका छन् । सेवा लिने मध्ये अधिकासं बिरामी गर्मीको प्रभाबले अस्पताल पुग्नेगरेको पौडेलले बताउनुभयो । एक हप्ताको अबधिमा बहिरङ्ग सेवा लिनेको संख्यामा दोब्बरले वृद्धि हुँदै गएको छ । अझै केही दिन यस्तै रहने हो भने उपचार सेवा प्रभाबित बन्न सक्ने सम्भाबना रहेको उहाँ बताउनुहुन्छ ।
भरतपुर अस्पतालमा हाल देशका तराई तथा केही पहाडी भागहरुबाट उपचार सेवा लिन बिरामाीहरु आउने गरेकाछन् । पछिल्लो समय अस्पताल बाट उपलब्ध गराइने स्वास्थ सेवामा व्यापक परिबर्तन हुनुले अस्पताल प्रति मानिसको बिश्वास सङ्गै चाप बढेको बुटवल देखि आफ्नो बाबुको उपचारका लागि अस्पताल आइपुगेका बाबुराम घिमिरेको भनाईछ ।
अस्पतालले चितवन र यस वरपरका बिभिन्न जिल्लाका ३५ लाख नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा पु¥याउदै आएको छ ।
देशको केन्द्र भागमा रहेको यस भरतपुर अस्पताललाई अझ अग्रणी स्थानमा लैजान अस्पताल ब्यब्स्थापन समिती तिब्र रुपमा लागि परेको बिकास समितिका अध्यक्ष राजु पौडेल बताउनुहुन्छ ।
पौडेलका अनुसार अस्पतालले आफ्ना सेवालाई प्रबिधी मैत्री बनाउदै लैजाने क्रम जारी राखेको छ । हाल बिरामाीहरु घण्टौ लाईन बस्न नपरोस र समयको बचत होस भन्नकालागि अनलाईन टिकट बुकिङ देखि बारकोड माध्यमबाट पैसा तिर्न मिल्ने व्यवस्था रहेको उहाँले जानाकारी दिनुभयो ।




















Discussion about this post