अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० को समापन

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
expo
फाइल तस्विर

भरतपुर/चितवन प्रदर्शनी केन्द्रमा बैशाख २२ गतेदेखि शुरु भएको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० को एक कार्यक्रमका बीच समापन गरिएको छ । तीनदिनसम्म सञ्चालन भएको प्रदर्शनीको अन्तिम दिन जिल्लाभित्र र बाहिरी जिल्लाका अवलोकनकर्ताहरुले उत्साहजनक सहभागिता रहेको थियो ।
प्रदर्शनीको समापनको दिन जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्लाद सापकोटा, कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, माडी नगरपालिकाकी नगरप्रमुख तारा काजी महत्तो लगायतको टोलीले छुट्टाछुट्टै अवलोकन गरेका थिए ।
त्यस्तै प्रदर्शनीमा कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोखरेल, घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश, तथ्याङ्क कार्यालय चितवनका तथ्याङ्क अधिकृत यज्ञमूर्ति भण्डारी लगायतको नेतृत्वमा प्रदर्शनीको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित