आगामी आइतबार (वैशाख १०) हुने उपनिर्वाचनका दिन मुख्य राजमार्ग क्षेत्रमा सरकारले स्कर्टिङ गरेर सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने भएको छ।
पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीलाई उपनिर्वाचनको दिन केही समयको अन्तरालमा सुरक्षा निगरानीसहित समूहमा स्कर्टिङ गरेर आवतजावत व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
त्यस्तै, नारायणी पुलमा पर्नसक्ने सवारी जामको असरलाई न्यूनीकरण गर्न नवलपरासीस्थित गैंडाकोटको उपयुक्त स्थानमा सवारी साधन चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ।
बिरामी बोकेको एम्बलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, शव बाहन, फोहोरमैला बोक्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चढेको सवारी साधन र सूचना तथा प्रसार विभागबाट जारी प्रेस पास भएको पत्रकार सवार सवारी साधनमा रोक लागाइएको छैन।




















Discussion about this post