७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका छन् । बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने निष्कर्ष निकाल्दै सरकारले पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको उनले बताएका हुन् ।
सोमबार पोखराबाट आएको उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको भेटमा उनले भने, ‘तरलताको समस्या भनेको जग्गामा गएर पैसा फसेको छ, कित्ताकाट रोकिएको छ, बेचबिखन रोकिएको कारण पूँजीको अभाव हुनुको एउटा कारण त्यो हो भन्ने कुराले अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने, त्यसो गर्यो भने अहिलेको क्राइसिस म्यानेज गर्छ भनेर हुन सक्ने जति कोशिस गरेका छौं ।’
तर, प्रधानमन्त्रीले बजारमा पैसा अभावको कारण जग्गा वर्गीकरणविनै कित्ताकाट खोल्ने तयारी गरिएको जानकारी गराएका हुन् ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटले मुलुकलाई नयाँ ठाउँमा लैजानुपर्छ भनेर आफूहरु लागिरहेको पनि प्रचण्डले बताए ।




















Discussion about this post