काठमाडौं । पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ । गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी पटक टिकटक एप डाउनलोड भइसकेको छ ।
यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा चर्चित बन्न चाहनुहुन्छ भने त्यसका लागि केही टिप्स उपयोगी हुन सक्छन् ।
२. लामो भिडियो बनाउन Stitch फिचरको प्रयोग गर्नुहोस् : यो फिचरले ट्वीटरमा धेरैवटा भिडियोलाई एकापसमा गाँसेर लामो भिडियो बनाउन सहयोग गर्छ । खासगरी लामो खालका कथाहरु भन्न, स–साना मुभीहरु राख्न वा लामो खालका प्रशिक्षणमूलक भिडियोहरु राख्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले गाँस्न चाहेको भिडियोमा क्तष्अज बटनमा ट्याप गरेर अन्य जोड्न क्लिपहरु छानेर लामो भिडियो बनाउन सकिन्छ ।
४. भिडियोमा स्टिकर तथा टेक्स्ट थप्नुहोस् : तपाईंले टिकटकमा अपलोड गर्ने भिडियोका बारेमा जति प्रष्टसँग जानकारी दिनुभयो दर्शकलाई उति नै फाइदा पुग्छ । त्यसैले आफ्नो टिकटक भिडियोलाई धेरैभन्दा धेरैले हेरुन् वा जानकारीमूलक होस् भन्ने चाहनुहुन्छ भने त्यसमा टेक्स्ट तथा स्टिकर थप्न सक्नुहुन्छ । सन्दर्भका बारेमा जानकारी दिन, क्याप्सन हाल्न तथा कुनै सन्देश प्रवाह गर्न तपाईंले टेक्स्ट प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै भिडियोलाई फन्नी बनाउन वा विषयवस्तुसँग मिल्ने सिर्जनात्मक कुरा थप्न स्टिकर राख्न सकिन्छ ।
५. ड्वेट फिचरको प्रयोग गर्नुहोस् : टिकटक प्लेटफर्ममा आफ्नो एक्सपोजर बढाउन अन्य टिकटक प्रयोगकर्तासँगको सहकार्य निकै महत्वपूर्ण हुन्छ । अरु प्रयोगकर्तासँग सहकार्य गर्दा उसका दर्शकलाई पनि आफूतिर तान्ने र नयाँ फलोअर्स थप्ने मौका हुन सक्छ । टिकटकमा खासगरी ड्वेट तथा रियाक्सन भिडियो बनाएर अन्य प्रयोगकर्तासँग सहकार्य गर्न सकिन्छ । टिकटकको Duet फिचरको सहयोगमा कुनै पनि अरु प्रयोगकर्तासँग स्क्रिन विभाजित गरेर युगल भिडियो बनाउन सकिन्छ । खासगरी रियाक्सन भिडियो, कमेडीका साथै कुनै सांगीतिक भिडियो तयार गर्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले ड्वेट बनाउन चाहेको भिडियोमा गएर Duet बटनमा ट्याप गरेर आफ्नो भिडियो सुरु गर्न सक्नुहुन्छ ।




















Discussion about this post