अराजक तत्वका ताण्डवले आफूलाई अत्यास लाग्यो : रबि लामिछाने

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
onlinekhabar
फाइल तस्विर

काठमाडौं, २७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही अराजक तत्वका ताण्डवले आफूलाई अत्यास लागेको बताएका छन् ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएसँगै आजको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यास लागेको बताएका हुन् । आफूहरु विरुद्ध एउटा गिरोह हात धोएरै लागिरहेको उनको आरोप छ ।

‘मलाई अत्यास लागेको छ । यो १० /१२ दिन कति बाँकी छ ? १०/ १२ वर्षजस्तै लागेको छ । यो १० /१२ दिन यिनीहरुले ताण्डव गर्दैछन् । हामीले त्यसलाई हेर्नुछ,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित