१९ चैत, चितवन। झण्डैं १० वर्ष पार्टीको कारबाहीमा परेका कांग्रेस चितवन पूर्वजिल्ला सभापति विकास कोइरालालाई आइतवार आज मात्रै कांग्रेस कार्य सम्पादन समितिले कारबाही फुकुवा गर्ने निर्णय गर्यो ।
कांग्रेस चितवन भित्र बलियो पकड रहेका नेता कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा चितवनका तत्कालिन क्षेत्र नं. ४ बाट पार्टी केन्द्रीय सभापति सुशील कोइरालाकाविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए ।
‘मैले कारबाही हुन्छ ६ बर्ष पार्टीभन्दा बाहिर भइन्छ भनेर थाहा पाउँदा पाउँदै उम्मेदवारी दिएको हो, विधानमा ६ बर्ष भन्ने छ,’ कोइरालाले भने, ‘तर विभिन्न कारणले मलाई थप ४ वर्ष यत्तिकै कारबाही गरेर राखियो ।’
उनले पार्टीले आगामी दिनमा कस्तो भूमिका दिन्छ सोही अनुसारको जिम्मेवारी पूरा गर्ने बताए ।
आफू सरहका नेता पार्टीको महामन्त्री भएको भन्दै नेता कोइरालाले मागेर भन्दा पनि लडेर भूमिका लिने बताए । गत मंसिरको निर्वाचन अगाडि कोइरालाले कारबाही फुकुवाका लागि दवाव दिन भन्दै पत्रकार सम्मेलन गरेका थिए ।




















Discussion about this post