नेपालकाे पहिलाे क्रुज देशले नै गौरव गर्न लायक छ भन्दै सासंद लामाले गरे क्रुजको प्रसंसा ( फाेटाेफिचर सहित)

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
gyan5
फाइल तस्विर

चितवन क्षेत्र न. ३ क बाट निर्वाचित बाग्मती प्रदेशका सासंद ज्ञानु जगं लामाले क्रुजको निरीक्षण गर्नुभएकाे छ। राइनाे वाटर इन्टरटेनमेन्ट प्रा.लि द्वारा भरतपुर-१६ काप्रेघाटमा संचालित क्रुजको उहाँले अवलोकन गर्नुभएको हो।

क्रुजको अवलोकन गर्दै सासंद लामाले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरुको सग्लगंनतामा क्रुज चल्नु खुशीको कुरा भएको भन्दै उहाँले क्रुजको र क्रुज सञ्चालक समुहको प्रसंसा समेत गर्नुभएकाे छ। नेपाल कै पहिलाे क्रुज भएकोले पर्यटकीय गतिविधिलाई क्रुजले सहयोग गर्ने र देशको अर्थतन्त्र बढाउन मद्दत गर्ने उहाँले बताउनुभयो। क्रुज सञ्चालन हुदाँ यस क्षेत्रका बासिन्दाले राेजगार पाउनुकाे साथै पर्यटकिय गतिविधि बढ्दा व्यापार व्यवसाय नि बढ्ने हुनाले स्थानीकाे जीवनस्तर सुधार हुँदै जाने उहाँको भनाइ छ।

क्रुज सञ्चालनले युवाहरुलाई नयाँनयाँ सिर्जना गर्ने र देशमै केही गर्ने वातावरण बनाउने समेत आफुले विश्वास लिएकाे उहाँले बताउनुभएकाे छ। क्रुज आफ्नो निर्वाचन क्षेत्रमा हुनु गौरवको कुरा हो भन्दै उहाँले आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग गर्ने बताउनुभएको छ। क्रुजलाई मात्र नभइ युवाहरुले गर्ने सिर्जनात्मक कामहरुमा सदैव आफ्नो साथ रहने उहाँको भनाइ छ।

तस्बिर साैजन्य: प्रतीक सिग्देल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित