चितवनमा हुँदै छ पाचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
329635273_502601865372806_3088164771918588492_n
फाइल तस्विर

तवन  । कृषि सम्बन्धी जानकारी गराउने उदेश्यले चितवनकाे भरतपुरमा  पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । माघ २७ गतेदेखि २९ गतेसम्म चल्ने प्रदर्शनीकाे  तयारी  अन्तिम चरणमा पुगेकाे आयाेजकले जनाएकाे छ ।

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लिको अगुवाईमा हुन लागेकाे प्रदर्शनीमा  स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्।

प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसीपालन, डेरीलगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादीरहित कृषिका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । साे प्रर्दशनीमा देशका विभिन्न जिल्लाका   कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ ।

पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीसँगै नेपाल फुड एंड बेभेरेज एक्स्पो पनि आयोजना हुनेछ । यस फुड एण्ड वेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंगलगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित