उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढ स्थित लायन्स चोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएकाउद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दैछ’ एकलअंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेकोछन । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाउदै“अर्थतन्त्रमा देखिएका समस्या, नीजि क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो”, उहाँले भन्नुभयो समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन, अब निरन्तर आन्दोलनमा उत्रिने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले व्यवसायीचर्को व्यादरको मारमा परेको बताउनु भयो । ७–८ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशत सम्म पुगिसक्यो, उहाँले भन्नुभयो, व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनावदिने काम रोकिनुपर्छ । चालु पुँजीकर्जा सम्बन्धि मार्गदर्शन व्यवसायी मैत्री नरहेको जीकिर गर्दैउहाँले अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक बीचनै तालमेल छैन, फरक फरक अर्थनीतिहरु छन, एउटै आवाज, एउटै स्वर हुनुपर्छ, अर्थतन्त्र सुधार गर्न जिम्मेवार बन्नुपर्छभन्दैउहाँले संसदभवन अगाडी देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधनप्रति दुःख समेत व्यक्तगर्नुभयो । “प्रेमप्रसादको नियति कसैले भोग्नु नपरोस्”, प्रेमप्रसादले सामाजिक सञ्जालमा लेखेका २५ बुँदे ध्यानाकर्षणका मुद्धाहरु सरकारले सुन्नुपर्छ, नीजि क्षेत्रले राखेकामागहरु पनि पुरा हुनुपर्छ ।”
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथाउ द्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले व्यवसायी मैत्री नीतिल्याउन सरकारलाई दबाबदिने बताउनुभयो । “पटक–पटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ”, उहाँले भन्नुभयो“तर, समस्या जस्ताको त्यस्तै छ, भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।”




















Discussion about this post