रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने : समाजवादीका अध्यक्ष नेपाल

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Madhav_Kumar_Nepal_2
फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने बताएका छन्। विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपालले नयाँ सरकारले रेशमको रिहाइलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

‘टीकापुर घटनाको सन्दर्भलाई पनि रेशम चौधरीलाई रिहाइ गर्ने प्रक्रियामा सरकारले उच्चतम् प्राथमिकतामा राखोस्,’ उनले भने।

उनले अबको सरकारले कुरा कम काम ज्यादा गर्नुपर्ने धारणा राखेका थिए। ‘कुरा कम गरौं, काम धेरै गरेर देखाऔं, कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यो, हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ,’ उनले भने, ‘त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं।’

ठूला कुरा गर्ने तर आफैँ भ्रष्टाचारको संरक्षणमा लाग्ने प्रवृत्ति बढेको भन्दै उनले नेपालमा भ्रष्टाचार ठूलो समस्या बनिसकेकोमा त्यसलाई रोक्नुपर्ने उनले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित