चौथो पीएफसी इमर्जिङ् कपको उपाधि माडी माविलाई

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
sports-chitwan-2022026025943-1000x0 (1)
फाइल तस्विर

पीएफसी इमर्जिङ् कप २०८२ को उपाधि माडी माध्यमिक विद्यालयले जितेको छ। विहिबार सम्पन्न फाइनल खेलमा बाल्मीकी शिक्षा सदनलाई ५–१ गोल अन्तरले पराजित गर्दै माडीले उपाधि हात पारेको क्लबका सचिव सुमन पौडेलले जानकारी दिए।

माडीको जितका लागि एबिन बस्यालले र करण बोटले सम्मान दुई—दुई तथा प्रतीक क्षेत्रीले एक गोल गरे। बाल्मीकी शिक्षा सदनका लागि आदित्य लामिछानेले एक गोल फर्काए।

प्रतियोगिताको विजेता माडी माध्यमिक विद्यालयले १० हजार रुपैयाँ नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री र उपविजेता बाल्मीकी शिक्षा सदनले १० हजार रुपैयाँ नगदसहित १० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

सचिव पौडेलका अनुसार सोमेश्वर माध्यमिक विद्यालय प्रतियोगिताको अनुशासित टिम घोषित भयो। प्रतियोगितामा पाँच गोल गरेका एबिन बस्याल सर्वाधिक गोलकर्ता बने।

उत्कृष्ट गोलकिपर रितिक शाह, उत्कृष्ट डिफेन्डर अप्सन बोट, उत्कृष्ट स्ट्राइकर करण बोट, उत्कृष्ट मिडफिल्डर अभिषेक घताने तथा सर्वोत्कृष्ट खेलाडी बाल्मीकी शिक्षा सदनका अर्पण पौडेल घोषित भए।

भरतपुर महानगरपालिका–१४ स्थित सुन्दरबस्ती खेल मैदानमा सम्पन्न प्रतियोगितामा चितवनका १२ विद्यालयको सहभागिता रहेको थियो।

क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले विगतका प्रतियोगिताले विद्यालयस्तरबाटै नयाँ खेलाडी पहिचान गर्न सहयोग पुगेको बताउँदै प्रतियोगितालाई निरन्तरता दिइएको उल्लेख गरे। ‘क्लब स्थापना भएदेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिम तथा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौँ,’ उनले भने, ‘शिक्षासँग खेलकुद जोड्ने उद्देश्यले आयोजना गरिएकाे प्रतियाेगिता उपलब्धिमूलक रहदैँ अाएकाे छ ।’
यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिमसमेत प्रदान गरेको थियो। सबै संस्करणमा प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित