जस्मिन पेन्ट्स लिमिटेडले ५ करोड बढीको आइपीओ जारी गर्दै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
IMG-20250106-WA0032
फाइल तस्विर

जस्मिन पेन्ट्सले ५ करोड बढीको आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको शेयर निष्कासन गर्ने भएको हो ।

शेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित