क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्र सक्ने कांग्रेसको निर्णय

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
images
फाइल तस्विर

१९ पुस, काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन समितिको शुक्रबार (आज) बसेको बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए।

‘क्रियाशील सदस्यता नवीकरणको कार्य सक्नका लागि कार्ययोजना बनाएर चैत मसान्तसम्म टुंगाउने निर्णय गरिएको छ,’ स्नेहीले भने ।

क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय गरिएको छ। डोल्पामा नवीकरण सदस्य फर्म कार्यवाहक सभापतिलाई पठाउने निर्णय भएको स्नेहीले जानकारी गराए ।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित