भारतको युपीस्थित बाण्डामा प्रहरी चौकीबाटै ट्रिपर हराएको घटना सार्वजनिक भएको छ । बालुवा ओसारपसार गरेको आरोपमा प्रहरीले एउटा ट्रिपरलाई नियन्त्रणमा लिएर प्रहरी चौकी परिसरमा राखिएको थियो ।
तर, भोलिपल्टै ट्रक प्रहरी चौकीबाट बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आजतकको रिपोर्टका अनुसार यो घटना बांदाको जसपुरा थानाको हो । ओभरलोड भएको र कागज नभएको भन्दै शुक्रबार राति प्रहरीले बालुवा भरिएको ट्रक नियन्त्रणमा लिएको थियो ।
जसलाई जसपुरा प्रहरी चौकीमा ल्याइएको थियो । भोलिपल्ट ट्रक प्रहरी चौकी परिसरबाटै गायब भएको हो । केही व्यक्तिले ट्रक चलाएर भागेको समाचारमा उल्लेख छ । तर, प्रहरी अनुसन्धानमा अहिलेसम्म कुनै सुराग फेला परेको छैन ।
प्रहरीले भने ट्रक मालिक र चालकले चोरेर लगेको बताएको छ । घटनामा संलग्न व्यक्ति र ट्रक नियन्त्रणमा लिन टोली गठन गरिएको छ । यसबाहेक प्रहरीको लापरवाही पनि छानबिन भइरहेको छ ।




















Discussion about this post