बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

Picture of डोभ नेपाल

डोभ नेपाल

24
SHARES
images
फाइल तस्विर

२६ कात्तिक, बागलुङ । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गर्दा उक्त भ्यान दुर्घटनामा परेको  हो ।

उक्त पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

भ्यानमा चालकसहित ६ जना सवार थिए । त्यसमध्ये एकजना जीवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि ४ सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित