कात्तिक २२- चितवनको भरतपुरमा बोलेरो गाडी,मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । आज (बिहिबार) बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मणचोकमा प्र ३–०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोका ३७ वर्षिय रामकुमारी गुरुङको मृत्यु भएको छ । उहाँको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।




















Discussion about this post