काडा अटो एक्स्पोको तीन दिनमा ५४ गाडीको बिक्री र बुकिङ्ग, ३८ वटा स्कुटर बिक्री

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20241005_175617_Chrome
फाइल तस्विर

चितवन – चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा जारी काडा अटो एक्स्पोको तीन दिनमा ५४ वटा गाडीको बुकिङ्ग र बिक्री भएको छ भने ३८ वटा स्कुटर बिक्री भएका छन । बुधबार देखि चितवन एक्स्पो सेन्टरमा शुरु भएको काडा एक्स्पोमा गाडी किन्ने ग्राहकको तेस्रो दिन सम्म ग्राहकको अपेक्षाकृत सहभागिता देखिएको हो । काडाका अध्यक्ष राजन पियाले तेस्रो दिनसम्मा सबै कम्पनीका गाडी र स्कुटरको बुकिङ्ग र बिक्री सन्तोषजनक भएको बताए ।

‘तेस्रो दिनसम्म आइपुग्दा ५४वटा गाडीको बुकिङ्ग र बिक्री भएको छ र ३८ वटा स्कुटर बिक्री भएको रेकर्ड छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ अध्यक्ष पियाले भने, भोली अन्तिम दिन शनिबार पनि झन बढी बिक्री हुने अपेक्षा गरेका छौं ।’ गाडी किन्न आउने ग्राहकले सबैभन्दा बढी इभी गाडी रुचाएको उनले बताए ।

उनले मुख्य गरी बीवाइडी, नेटा , एमजी, सिट्रोन, ह्यन्डाई अमोडा , सेरेन लगायतका कम्पनीका गाडीहरुको बुकिङ्ग र बिक्री बढी भएको बताए । त्यस्तै इभी स्कुटरको माग पनि उत्तिकै रहेको पियाको भनाई छ । हालसम्म करीब चार हजार जनाले काडा एक्स्पोको अवलोकन गरिसकेको उनले जानकारी दिए ।

एक्स्पोमा गाडी तथा स्कुटर बुकिङ्ग र किन्ने ग्राहकले छुट सुविधाको स्किम, लक्की ड्र लगायतका अफर रहेकोले समयमै गाडी बुकिङ्ग गर्न उनले आग्रह गरे ।चितवन उद्योग संघको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित