भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने : परराष्ट्रमन्त्री राणा

Picture of डोभ नेपाल

डोभ नेपाल

19
SHARES
arju-rana-deuba_f3eJbfHmIi
फाइल तस्विर

७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् ।

ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै साैहार्द वातावरणमा कुराकानी भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफलमा भएको थियो ।

प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मार्फत् भेटवार्ता फलदायी भएको र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जानकारी दिएका छन् ।

भेटमा सहभागी परराष्ट्र मन्त्री राणाका अनुसार नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर कतिपय समस्या समाधान गर्ने सहमति पनि सो भेटमा भएको छ ।

भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय विदेश सचिव विक्रम मिस्री पनि सहभागी थिए ।

यसैगरी नेपालको तर्फबाट प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा लगायत पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित