७ असोज, पोखरा । रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् ।
लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रास्वपा गण्डकी प्रदेश सभापति गौतमले विरोध कार्यक्रम निरन्तर चल्ने बताए ।
सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पुर्याइएको थियो । जोशीलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् । १० दिने भ्रमणका लागि शनिबार चीन पुगेका रास्वपा सभापति डा. स्वर्णिम वाग्लेसहितका नेताहरु पनि आकस्मिक रुपमा स्वदेश फर्किन थालेका छन् ।
आइतबार राति रास्वपाले आफ्ना समर्थकहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आह्वान गरेको थियो । सो भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूले नबिराएकाले नडराउने बताएका थिए ।




















Discussion about this post