निजगढमा मध्यरातमा बस दुर्घटना : एकको मृत्यु, ८ गम्भीर घाइते

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Accident-2
फाइल तस्विर

बिराटनगरबाट दाङ तर्फ आउदै गरेको बस निजगढमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ८ जना गमभीर घाइते भएका छन् । चालक र सहचालकसहित ४३ सवार ना ८ ख ११६४ नम्बरको बस मध्यरातमा निजगढ नगरपालिका–८ उनासी पुलमा दुर्घटना हुँदा दाङ देउखुरी गटवा गाउँपालिका–५ का ४५ वर्षीय चेतन राय यादबको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते बनेका यादबको ब्योधा अस्पताल बिरगंजमा उपचारको क्रममा सोमबार बिहान ३ः५० मा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।

घाइतेमध्ये चालकसहित ६ जनालाई थप उपचारका लागि ब्योधा अस्पताल बिरगंजमा पठाइएको छ भने अन्य छ भने अन्यलाई निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पतालमा घाईतेहरुको उपचार भईरहेको छ । दुर्घटनामा परि  घाइतेभएका मध्य १५ जना घाइतेहरुको अवस्था मध्यम रहेको छ भने २० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहुनेहरुमा बस चालक सल्यान सारदा नगरपालिका–३ का ४० वर्षीय भोला बहादुर भण्डारी, सह–चालक दाङ तुल्सिपुर नगरपालिका–५ का ३५ वर्षीय कृष्ण बहादुर बुढाथोकी, प्युठान सरुमाइरानी गाँउपालिका–३ का ४६ वर्षीय ईमा राम सुनार, सोही स्थानका ४२ वर्षीय सिताराम सुनार, सुर्खेत भेरी गंगा नगरपालिका–११ का २५ वर्षीय सोनु बि.क., सल्यान बागचौर नगरपालिका–४ का २६ वर्षीय तुलसा के.सी., सुर्खेत सिंगठन नगरपालिका–२ का २२ वर्षिय कर्ण खड्का, अर्घाखाची सितगंगा नगरपालिका–७ का २६ वर्षीय बुठा बहादुर राउत, सोही स्थानका २७ वर्षीय रोम बहादुर राउत, प्युठान बांगेशाल नगरपालिका–१ का ४७ वर्षीय भुपेन दमाई, सरुमाईरानी गाँउपालिका–१ का १८ गणेश बादी, सोही स्थानका ३५ वर्षीय बल बहादुर दमाई, दाङ राप्ति गाँउपालिका–५ का २१ वर्षीया सपना भट्टराई, रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ का २० वर्षीय सन्तोष बिष्ट, प्युठान सरुमईरानी गाँउपालिका–३ का २२ वर्षीय शंखर बि.क., सल्यान कालिमाटी गाँउपालिका–२ का २५ वर्षीय दल बहादुर बुढा, अर्घाखाची सितगंगा नगरपालिका– ९ का ४३ वर्षीय देब बहादुर थापा, दाङ घोराही नगरपालिका–१० की ४० वर्षीय लक्ष्मी अधिकारी, सल्यान कपुरकोट गाँउपालिका–६ की ५५ वर्षीय टिकी पुन मगर, कालिमाटी गाँउपालिका–३ का १९ वषीय प्रकाश सिंजालि, प्युठान सरुमाईरानी गाँउपालिका–१ का २६ वर्षीय बेद प्रसाद बि.क., सल्यान सारदा गाँउपालिका–५ का ५५ वर्षीय बल बहादुर मगर, दाङ देउखुरी गटवा गाँउपालिका–५ का ४५ वर्षीय चेतन राय यादब, सल्यान कालिमाटी गाँउपालिका–२ का ६५ वर्षीय दल बहादुर बि.क, दाङ मटिअर्वा गाँउपालिका–५ का ३५ वर्षीय दयाराम यादब, कपिलबस्तु शिवारा गाँउपालिका–४ का ५५ वर्षीय समित पैठा, प्युठान सरुमाई रानी गाँउपालिका–१ का ५५ वर्षीय चन्द्र धामि, सिराहा बरियार गाँउपालिका–५ का ५५ वर्षीय बलिराम यादब, सुनसरी ईनर्वा गाँउपालिका–३ की ३५ वर्षीया संगिता मगर, दाङ गदर्वा गाँउपालिका–३ की ५५ वर्षीया बिरुन यादब, तुल्सिपुर उपमहानगरपालिका–१८ की ३० वर्षीया हिरा बहदुर सुनार, प्युठान सरुमाईरानी गाँउपालिका–३ को ४५ वर्षीय तुल्सिराम साठिधारी, दाङ राजपुर गाँउपालिका का २१ वर्षीय चितराम यादब, सोही स्थानका ६० वर्षीय मिथुजा पैठान, प्युठान हंसपुर नगरपालिका–३ का ५९ वर्षीय गंगाराम बि.क., धनकुटा चौबिसकोटी गाँउपालिका–५ की ३५ वर्षीया खेम कुमारी याखा, प्युठान सरुमाईरानि नगरपालिका–१ का ५४ वर्षीय टिकाराम बि.क., कपिलबस्तु शिबराज नगरपालिका–४ का ३३ वर्षीय बब्लु अंसारी, सोही स्थानका ३९ वर्षीय अक्बर मुसलवान, सल्यान दार्मा गाँउपालिका–५ का २२ वर्षीय जगत बहादुर खड्का, सुर्खेत सिमता गाँउपालिका–८ का २२ वर्षीय खेमराज राना, भारत सिद्धानगर ईमिलिया का ५० वर्षीय साहोल प्रसाद चौरसिया र भारत यु.पि.का १४ वर्षीया हुल्सन कुमार चौरसिया रहेको प्रहरीले जनाएको छ ।

बसको अगाडीको पट्टा भाचिदा अनियन्त्रितहुदाँ बस पुलबाट ८/१० मिटर तल खसेको थिएतापनि ठूलो क्षतिबाट जोगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक कुशवाहाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित