आजदेखि इन्द्रजात्रा शुरु

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Indra-jatra-Bhaktapur
फाइल तस्विर

काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजदेखि शुरु हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर नेवार समुदायले मनाउने इन्द्रजात्रा हनुमानढोकाको अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरु हुन्छ । इन्द्रध्वज उत्थानको शुभ साइत आज बिहान ८.२६ बजे रहेको थियो ।

भाद्र शुक्लपक्ष द्वादशीको दिन इन्द्रध्वज उत्थान गरि शुरु हुने इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरि आठ दिनसम्म मनाइन्छ । यस बिच कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।

असोज १ गते इन्द्रजात्राको मुख्य दिन हो । यस दिन राष्ट्रप्रमुखले हनुमान ढोकाको गद्दी बैठकबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले यस दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

असोज ५ गते भने निबार नानिचा यात्रासँगै राति १०.३१ बजेको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिन्छ । काठमाडौंकासाथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा पनि इन्द्रजात्रा धुमधामका साथ मनाउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित