नेपाली पेन्ट्स कम्पनीहरु मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ुचाड पर्वको उमंग,थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना २०८१ संचालनमा ल्याएको छ ।

आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गार्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गतेसम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो । यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिद गरि एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् ।

विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । यस उपहार योजना मार्फत आठ सय बिस जना ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन ।




















Discussion about this post