२ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् ।
वि.सं. २०५१ सालमा शहीद भएका तत्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौं । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौं ।’
नयाँ गठबन्धनका कारण जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको बताउँदै उनले जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताए ।
कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरू सहभागी थिए ।




















Discussion about this post