कर वृद्धि विरुद्ध हेटौंडाका व्यवसायीले उपमहानगरलाई बुझाए साँचो

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
hetauda-upamahanagar
फाइल तस्विर

३२ साउन, हेटौंडा । कर वृद्धिको विरोधमा हेटौंडा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन्।  मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर साँचो बुझेका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् । मेयर र उपमेयरले केही प्रतिनिधिभित्र आउन गरेको आग्रह अस्वीकार गर्दै व्यवसायीहरूले बाहिरै आएर साँचो बुझ्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित