दाङ — भरुवा बन्दुकसहित दाङमा तीन जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–४ ठूलाखालीस्थित गादीबरा सामुदायिक वनबाट तुलसीपुर–४ सुनवलपुरका ३६ वर्षीय टंक थापा र २९ वर्षीय युवराज गिरी भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
यसैगरी राजपुर गाउँपालिका–४ फोहराका इच्छा कुमार रैदासलाई आइतबार दिउँसो एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको डिएसपी तिमल्सिनाले बताए ।
स्थानीय वनशक्ति सामुदायीक वनमा शिकार खेल्न गइरहेको अवस्थामा रैदासलाई इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चङ्गवाबाट खटिएको प्रहरीले फेला पारेको उनले बताए । तीनै जनालाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।




















Discussion about this post