युवा जनशक्ति पलायन रोक्न विशेष शिक्षा नीति बनाउनुपर्नेमा महरको जोड

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
nainsingh_mahar_iQpThOpOen
फाइल तस्विर

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षित युवा जनशक्ति पलायन रोक्न विशेष शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा शिक्षा विभाग प्रमुख समेत रहेका महरले नेपालको शिक्षा क्षेत्रमा ठूलो चुनौती खडा भएको बताए । ‘एसईईमा ४८ प्रतिशत र प्लस टूमा ५२ प्रतिशत विद्यार्थी मात्र पास भएको अवस्था छ । प्लस टूमा पास भएका ५२ प्रतिशत विद्यार्थीमध्ये अधिकांश ड्रप आउट हुने कहालीलाग्दो अवस्था छ, उनले भनेका छन्, शिक्षित युवा जनशक्ति पलायन रोक्न विशेष शिक्षा नीति बनाउन आवश्यक छ ।’

विद्यालयदेखि उच्च शिक्षासम्मको अध्ययनमा सीप र रोजगारीलाई जोड्ने नीति कार्यान्वयनका लागि कांग्रेस लाग्नुपर्ने महरले बताए । आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा डिपार्चर चाहिएको भन्दै उनले भने, ‘घोषणापत्रमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने उल्लेख गर्छौँ, तर, सत्तामा हुँदा १० प्रतिशत मात्र छुट्याउछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित