काठमाडौं । पुरुषहरूमा बारम्बार पिसाब लाग्ने समस्या धेरै कारणहरूले हुन सक्छ । जसमा प्रोस्टेटको समस्या, स्नायुसम्बन्धी विकार, मधुमेह र युरिनरी ट्र्याक्ट इन्फेक्सन (यूटीआई) प्रमुख छन् । यसका कारण र उपायहरू जानौँ:
प्रोस्टेटको समस्या
मल्टिपल स्क्लेरोसिस र पार्किन्सन्स जस्ता रोगहरूले मूत्राशयलाई नियन्त्रण गर्ने नसाहरूलाई असर गर्न सक्छन्, जसले गर्दा बारम्बार पिसाब लाग्ने समस्या हुन्छ । मूत्राशयको नसाहरूलाई क्षति पुग्दा पनि यो समस्या हुन सक्छ ।
मधुमेह
शरीरमा सुगर धेरै भयो भने यसले मिर्गौलालाई अतिरिक्त ग्लुकोज फिल्टर गर्न बढी काम गराउँछ, जसले गर्दा पिसाबको मात्रा बढ्छ र बारम्बार पिसाब लाग्ने गर्छ ।
युरिनरी ट्र्याक्ट इन्फेक्सन (यूटीआई) : मूत्र नलीमा ब्याक्टेरियाको सङ्क्रमणले मूत्राशयमा पोल्ने समस्या हुन्छ र बारम्बार पिसाब लाग्ने गर्छ ।
छिटो-छिटो पिसाब लाग्नुका अन्य कारणहरू
- धेरै तरल पदार्थ सेवन
- केही औषधिको सेवन
- मूत्राशयको पत्थरी
- मूत्राशयको क्यान्सर
- मूत्राशयको हाइपरएक्टिभिटी
बच्ने उपायहरू
- धेरै तरल पदार्थ नपिउनुहोस्, विशेष गरी रातको समयमा ।
- क्याफिन र रक्सीको सेवन कम गर्नुहोस् ।
- धूम्रपान छोड्नुहोस् ।
- पेल्विक मांसपेशीको व्यायाम गर्नुहोस् ।
- स्वस्थ आहार लिनुहोस् ।
पिसाबसम्बन्धी केही समस्या भएमा डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।




















Discussion about this post