छानबिन समितिले बुझायो सिमलताल दुर्घटनाको प्रतिवेदन

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
simal-taal-750x375
फाइल तस्विर

२२ साउन, काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको छानबिन गर्न बनेको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो । गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको समितिले मन्त्रीलाई प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण र न्यूनीकरणका लागि गर्नुपर्ने कामको सुझाव समेटिएको बताइएको छ ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले कार्यान्वयनमा लैजाने बताएका छन् । प्रतिवेदन अध्ययन गरिने र सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउने उनले बताए । ‘दुर्घटना न्यूनीकरणका लागि धेरै पक्ष जिम्मेवार रहेको विषय समितिले औंल्याएको छ । जसकारण सम्बन्धित निकायमा समेत सुझाव पठाएर कार्यान्वयनमा लैजान्छौं,’ मन्त्री लेखकले भने ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, यातायात व्यवसायी र मजदुरका प्रतिनिधि सदस्य थिए । २८ असारमा चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा खसालेको थियो । दुई वटा बसमा ६८ जना यात्रु थिए । ३ जनाले पौडिएर ज्यान बचाएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । जसमध्ये १९ जनाको मात्रै सनाखत हुन सकेको छ । ४१ यात्रु बेपत्ता छन् भने त्रिशूलीमा खसेका बस पनि भेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित