कैलालीमा जिप नियन्त्रणमा लिएर चालक र साहुमाथि कुटपिट

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
kutpit-768x497
फाइल तस्विर

धनगढी । कैलालीमा युवाको समूहले दाउरा बोकेको जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् ।

सोमबार राति करिब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको गरेको भे १ च ३७१४ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर चालक र जिप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चौधरीमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।

उनकाअनुसार कुटपिटबाट घाइते भएका चालक अनुराजको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै चोट छैन ।

लम्कीचुहान नगरपालिका-३ चिसापानी बस्ने २३ वर्षीय  नारायण शाहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँगैका चिसापानीकै भावेश सापकोटा लगायतका चार जना भने गाडीका सहचालकलाई आफूसँगै लिएर फरार भएका हुन् ।

उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जिप नियन्त्रणमा लिएर कुटपिट गर्ने समूहको खोजी भइरहेको बताए । उनीहरूले दुई नम्बरी दाउरा ल्याइरहेको भन्दै जिपबाट पैसा लिने खोजेको तर पैँसा नपाउने भएपछि कुटपिट गरेको बुझिएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित