सिमलताल पहिरोमा परेका यात्रु र बस खोज्ने काम आजदेखि रोक्ने तयारी

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
KA_Bharatpur-IMG_0109-scaled-e1720864456621
फाइल तस्विर

काठमाडौं । चितवनको सिमलताल पहिरोमा परेर त्रिशुलीमा खसेका दुईवटा बस र यात्रु खोज्ने काम आजदेखि रोक्ने तयारी गरिँदैछ । १७ दिनअघि खसेको पहिरोले दुईवटा बस र ६२ यात्रु बेपत्ता भएका थिए ।

नेपाली र भारतीय टोली लगातार खोजी कार्यमा लागे पनि ३७ यात्रु र बस अझै फेला परेनन् । बसमा रहेका ६५ यात्रुमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता भएका ६२ जनामध्ये २५ जनाको शव भेटिएको छ भने त्यसमध्ये ४ शवको अझै सनाखत हुन सकेको छैन ।

खोजी कार्यमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोली रहेका छन् ।

बेपत्ता खोज्ने कार्यका लागि आएको भारतीय टोली आज फर्किँदैछ भने नेपाली टोलीले पनि आजदेखि खोजी कार्य रोक्ने तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित