गैँडाकोटको अक्सफोर्ड कलेज – काठमान्डौ बाहिरकै अब्बल

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
oxford-college-
फाइल तस्विर

गैँडाकोट । पूर्वी नवलपरासीको  गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) कलेज मोफसलकै उत्कृष्ट कलेजको सूचिमा परेको छ । सर्चअल नेपाल मिडियाले गरेको शैक्षिक रिर्सचका क्रममा गैँडाकोटको अक्सफोर्ड कलेज काठमान्डौ बाहिरको सबैभन्दा उत्कृष्ट कलेज ठहरिएको हो ।

सो संस्थाले गरेको रिर्सचमा अक्सफोर्ड कलेज नेपालकै टप १० शैक्षिकसंस्थाहरुको सूचिमा पर्न सफल भएको छ । राष्टिय परिक्षा बोर्डले लिएको परिक्षामा हाँसिल गरेको नतिजा, समयानूकूल आधुनिक तथा प्रविधीयुक्त पूर्वाधारहरुको निर्माण लगायत गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आवश्यक सम्पूर्ण मामदण्डलाई छनौटको आधार बनाइएको सर्चअल नेपालका जितेन्द्र घिमिरेले जानकारी दिए ।

अक्सफोर्ड कलेजले आधुनिक तथा उच्च प्रविधी सहितको भवन निर्माण गरेको, सुविधासम्पन्न कक्षा कोठा तथा ल्याव हाउस तयार गरेको, अध्यापन गराउने शिक्षक तथा कलेजमा हुने अतिरिक्त कृयाकलापहरु समेत अन्र्तराष्टिय स्तरका भएको पाइएको छ । अक्सफोर्ड कलेजका विद्यार्थीहरुले एमबीबीएस तथा ईन्जिनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल देखिएको तथा कलेजले कक्षा १२ पछिको अध्ययन सँगै रोजगारीको लागि समेत विद्यार्थीहरुलाई अभिभावकीय भूमिका खेल्दै आएको पाइएको छ ।

कक्षा ११ मा भर्ना आह्वान

अक्सफोर्ड कलेज ले कक्षा ११ का लागि भर्ना आव्हान गरेको छ। कलेजले शैक्षिक सत्र २०८१÷८२ का लागि भर्ना आह्वान गरेको हो।कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, आम संञ्चार र कानून विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर इन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो।

विद्यार्थीले असार १६ गतेसम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन्। असार १७ गते दिउसो १ वजे प्रवेश परिक्षा हुने भएकोले समयमै सिट सुरक्षित गर्न समेत अक्सफोर्डले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित