मिस प्लस साइज २०२४ को अडिसन चितवनमा जेठ १६ गते

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
IMG_0851-2048x1317-1-1024x659
फाइल तस्विर

चितवन-मोटोपन पनि सुन्दरता हो भन्ने जनचेतनाका स्वरुप मिस प्लस साइज नेपालले पहिलो पटक मिस प्लस साइज चितवन २०२४ गर्ने भएको छ। भरतपुर भ्रमण वर्ष २०२४ चलिरहेको अवसर पारेर चितवनमा पहिलो पटक मिस प्लस साइज हुने भएको हो।

आज शनिबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत् कार्यक्रमको जानकारी गराइएको हो। मोटोपन भएका महिलाहरूले पनि समाजमा धेरै काम गर्न सक्छन् र नेतृत्वदायी भूमिका निर्वाहा गर्ने देखि हरेक सामाजिक गतिबिधिमा सकारात्म प्रवाह गर्न सकिने मूल उद्देश्यले मिस प्लस साइज गर्न लागिएको मिस प्लस साइज नेपालका कार्यकारी निर्देशक अनिल बस्नेतले बताए।

प्लस साइज महिलाहरुलाई हौसला बढाउन र बाहिरी मात्रै न भै कन भित्री सुन्दरतालाई समेत उजागर गर्ने हेतुले प्लस साइज चितवन गर्न लागिएको प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले जानकारी गराए।

महिलाको सुन्दरताको मापन बाहिरी शरीरले मात्र नभई कन भित्री सुन्दरतालाई समेत उजागर गरी प्लस साइज महिलाहरुले आफूलाई उजागर गर्न सकुन् भन्ने सोचका साथ यो सुन्दरी प्रतियोगिताको आयोजना गर्न लागिएको मिस प्लस साइज चितवन २०२४ का निर्देशक रञ्जित क्षेत्रीले बताए। क्षेत्रीका अनुसार मिस प्लस साइज चितवन लगाएत देशका अन्य सहर ( पोखरा, धरान, बिर्तामोड, नेपालगञ्ज) मा पनि हुनेछ। सबै जिल्लाबाट फर्स्ट रनर अप र विजेता छनोट गरिने र अन्तिममा काठमाडौंमा मिस प्लस साइज नेपाल हुने निर्देशक क्षेत्रीले जानकारी गराए।

चितवनमा मिस प्लस साइजको अडिसन जेठ १६ गते नारायणगढको हङकङ बजारमा रहेको चितवन स्कूल अफ फेसनमा हुने छ भने ग्रान्ड फिनाली असार १० गते हुने छ।
प्रतियोगितामा ६० केजी तौल माथि भएका १६ वर्ष देखि ३५ वर्ष सम्मका महिलाहरूले सहभागिता हुन पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित