पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
bidhya-bhandari
फाइल तस्विर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुको उपस्थिति रहेको थियो । उपस्थित नेता÷कार्यकर्ताहरुले मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुकासाथै श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गर्नुभएको थियो ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित