काठमाडौं । सरकारले यसअघि वितरण गरेको गरिब परिचयपत्रको म्याद थप्ने भएको छ । २०७४ सालमा २५ जिल्लामा गरिब परिचय पत्र वितरण भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार विगत भएका गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा यसलाई विस्तार गरिँदैछ । यो अभियान मार्फत सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरी स्वास्थ्य बीमा गर्ने उनको प्रतिवद्धता छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य पनि भइरहेको उनले बताए ।
स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानी अनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइने उनले बताए ।
‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।




















Discussion about this post